अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

निर्वाचन आयोगद्वारा १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक, संक्रमितले पनि मतदान गर्न पाउने

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:३६ मा प्रकाशित

निर्वाचन आयोगद्वारा १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । आयोगले जारी गरेको मापदण्ड अनुसार राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् ।राष्ट्रियसभाको निर्वाचन यही माघ १२ गते हुन लागेको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको बताउनुभयो । स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय उल्लेख भएको सहायक प्रवक्ता धमालले जानकारी दिनुभयो ।

आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । कोरोना महामारी जोखिमका बीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू