अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

अष्ट्रेलियामा कोरोनाबाट एकै दिन अहिलेसम्मकै धेरै मानिसको ज्यान गयो

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४६ मा प्रकाशित

अष्ट्रेलियामा कोरोना भाइरसको सङक्रमणबाट २४ घण्टामै ७४ जनाको ज्यान गएको छ ।कोरोना महामारी शुरु भएपछि अष्ट्रेलियामा कोरोनाबाट ज्यान गुमाउने यो अहिलेसम्मकै सबैभन्दा धेरै रहेको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी न्यु साउथ वेल्सका ३६ जना रहेका छन् । यस्तै भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको संख्या पनि बढेको छ । यस्तै अष्ट्रेलियामा अस्पताल भर्ना हुने कोरोना सङक्रमितको संख्या पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू