अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

६ वर्षपछि इरानले साउदी अरेबियामा कार्यालय खोल्ने

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४८ मा प्रकाशित

इरानले ६ वर्षपछि साउदी अरेबियामा फेरि आफ्नो प्रतिनिधि कार्यालय खोल्ने भएको छ ।कूटनीतिक दरारपछि कार्यालय बन्द भएको ६ वर्षपछि कार्यालय पुनः सञ्चालन गर्न लागिएको हो ।इस्लामिक सहयोग संगठन (ओआईसी) मा इरानको प्रतिनिधि कार्यालय खोल्न तीन इरानी कूटनीतिज्ञ साउदी अरेबियाको जेद्दाह पुगेका छन् ।

इरान र साउदी अरेबियाले पाँचौं चरणको प्रत्यक्ष वार्ताको तयारी गर्दै गर्दा ६ वर्षपछि कार्यालय खोल्न कूटनीतिज्ञहरू जेद्दाह पुगेका हुन् ।इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा यस विषयको सोमबार पुष्टि गरेका हुन् ।

साउदी अरेबया पनि इरानमा आफ्नो कुटनीतिक कार्यालय पुनः स्थापना गर्न तयार भएको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि उनले यो विषय राज्यको ‘व्यावहारिक प्रयासहरू’ मा निर्भर हुने स्पष्ट पारेका छन् ।

सन् २०१६ मा प्रमुख शिया धार्मिक नेतालाई मृत्युदण्ड दिएपछि तेहरानमा रहेको साउदी दूतावास र मशदको वाणिज्य दूतावास कार्यालयमा आक्रमण भएपछि दुई देशले कूटनीतिक सम्बन्ध तोडेका थिए । तर, अप्रिल २०२१ देखि, इराकको मध्यस्थतामा बगदादमा भएको चार चरणको प्रत्यक्ष वार्तापछि यी दुई देश आफ्नो कुटनीतिक कार्यालय स्थापना गर्न सहमत भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू