अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

शेयर बजारमा ७३ अंकले वृद्धि, ८ महिना यताकै उच्च कारोबार

बिआरटीनेपाल २०७८ पुष २५ गते ७:३२ मा प्रकाशित

साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको उछाल आएर नेप्से २७ सय ६५ पुग्यो ।धेरै समय पछि कारोबार समेत ७ अर्ब नाघ्यो । कारोबार रकम ८ महिना यताकै उच्च हो । यस दिन कारोबार कित्ता समेत डेढ करोड नाघ्यो ।

सबै समूह उकालो लाग्दा निर्जीबन बीमा समूह सबैभन्दा उच्च ४ सय अंक बराबरको बृद्धि आयो । जीवन बीमा समूह पनि झण्डै ३ सय अंकले उक्लियो ।विकास बैंक समूहमा पनि अढाई सय अंकको बृद्धिभयो । व्यापार, जलविद्युत, वित्त र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको सुधार भयो ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ३५ अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३९ कम्पनीको डेढ करोड कित्ता शेयर ७ अर्ब १० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू