अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

समाचारमा आए जस्तो केही होइन, अर्थमन्त्री र मबीच मतभेद छैन – गभर्नर अधिकारी

बिआरटीनेपाल २०७८ पुष २५ गते ७:३१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन आफू लागेको भन्ने नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीको भनाइ गलत भएको बताउनुभएको छ ।आज आइतवार सांसद मोदीले गभर्नरलाई राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ट्युनिङ नमिलेको हो भन्दै प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले कर्मचारीहरूले, संस्था चलाउनुपर्ने व्यक्तिहरूले त्यस्तो खालको सोचाइ कहिल्यै नराख्ने तर्कसमेत गर्नुभयो । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुरै नहुने बताउनुभयो । गभर्नर अधिकारीले आफूहरूले बुझाउन नसकेको कारणले गर्दा पनि सञ्चारमाध्यमले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू