अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन – पर्यटनमन्त्री आले

बिआरटीनेपाल २०७८ पुष २४ गते ६:३७ मा प्रकाशित

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताउनुभयो ।

लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु गुणस्तरयुक्त हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा भौतिक संरचना निर्माण भइसकेका छन् । योजना अनुसार ८१ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै बाँकी काम चाँडै टेण्टर प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनी विकास कोषका पदाधिकारीलाई मन्त्री आलेले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू