अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

बिआरटीनेपाल २०७८ पुष ७ गते ७:११ मा प्रकाशित

कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरिएको थियो । पुसमा प्रतियोगिता हुने भएपछि विश्वभरका प्रतिस्पर्धी अमेरिका पुगेका थिए । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठ पनि अमेरिका पुगेकी थिइन् ।

तर प्रतियोगिता नहुनेभएपछि उनी नेपाल फर्किएकी छिन् ।मिस वल्र्ड आयोजकले अब आउँदो चैत २ अर्थात सन् २०२२ मार्च १६ गतेका लागि प्रतियोगिता हुने गरी नयाँ मिति घोषणा गरेको हो ।अहिले अमेरिका पुगेर फर्केका प्रतिस्पर्धीहरु अब चैतमा फेरि अमेरिका जानुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू