अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

म्यानमारकी प्रजातन्त्रबादी नेतृ सुकीको जेल सजाय आधा घटाइयो

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:२५ मा प्रकाशित

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजय आधा घटाइने भएको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उहाँलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका थिए।

सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड -१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उहाँमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत ११ वटा आरोप लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू