अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

नेपाल एअरलाइन्सलाइ खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति प्रदान

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:२३ मा प्रकाशित

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपछि निगमले यस्तो अनुमति प्राप्त गरेको हो । आज सोमवार पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गर्नुभयो ।

६३ वर्षदेखि अहिलेसम्म निगम यात्रु तथा कार्गो ओसारपसारमा मात्र सीमित रहेकोमा अब खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरूको ओसारपसारमार्फत विदेशी मुद्रा देशमा भित्र्याउने निगमको दाबी छ । आउँदा दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतको ओसारपसारमा सहज हुने निगमले जनाएको छ ।

प्रतिक्रिया