अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

राप्रपाका नवनिर्वाचित कार्यसमिति सदस्यहरुद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:३६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिनुभयो । त्यसपछि नवनिर्वाचित उपाध्यक्ष र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराउनुभएको थियो । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित हुनुभएको थियो भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी हुनुभएको थिएन । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।

काठमाण्डौको भृकटीमण्डपमा आज बिहान सम्पन्न एकता महाधिवेशनले लिङ्देनको नेतृत्वमा आठ जना पदाधिकारी र एक सय केन्द्रीय सदस्य निर्वाचित गरेको छ । राप्रपाको एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू