अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम ल्याउने अध्यक्ष नेपालको दाबी

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ६:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि आफ्नो पार्टीले सोचे अनुसारको परिणाम ल्याउने बताउनुभएको छ । आज अर्घाखाँची पुगेर कार्यकर्ताहरूलाइ सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनाबबाट केपी शर्मा ओली नेतृत्वको एमालेले हार बेहोर्नुपर्ने दाबी गर्नुभयो ।

संविधानविपरीत दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू एमाले पार्टीको विपक्षमा रहेको नेता नेपालको दाबी रहेको थियो । राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै नेता नेपालले कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको दाबी गर्नुभयो ।

सुखि नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा पार्टी लागेकाले सबै नेता कार्यकर्ताहरू यसमा हातेमालो गर्न नेता नेपालले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू