अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

ग्रीसमा ६० बर्ष माथिका सबैले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२० मा प्रकाशित

ग्रीसमा ६० बर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने नियम लागु गरिएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले ओमिक्रोन भेरियन्टको संक्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेकाले सो उमेर समुहका व्यक्तिलाई खोप अनिवार्य गराएको जानकारी दिनुभयो । खोप लगाउन नमान्ने ६० वा त्यो भन्दामाथिको उमेरका व्यक्तिले १ सय युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

जरिवानाको नियम आउँदो जनवरीको मध्यदेखि लागू हुने र हरेक एक महिनाको फरकमा खोप लगाउन नमान्नेले १ सय युरो जरिवाना तिर्दै जानुपर्ने भएको छ । जरिवानाबाट संकलित रकम स्वास्थ्य सेवा प्रणालीमा जाने पनि प्रधानमन्त्रीको भनाई छ ।

ग्रीसमा कुल जनसंख्याको झण्डै ६३ प्रतिशतले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने अझै पनि ६० वर्षमाथिका पाँच लाख २० हजार मानिसले खोप लगाउन बाँकी छ । यसअघि अस्ट्रियाले आउँदो फेब्रुअरीदेखि खोप अनिवार्य गर्ने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू