अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने सर्वोच्चको निर्णय तत्काल कार्यान्वयन गर्न बारको माग

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१५ मा प्रकाशित

नेपाल बार एशोसीयशनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने सर्वोच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।बारको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतमा भोलिबाट गोलाप्रथा लागु हुने निर्णयको स्वागत गर्दै अन्य अदालतमा पनि तत्काल लागु गर्न माग गरेको हो ।

गत साउन १७ गते सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतमा मंसीर १ गतेबाट गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।सर्वोच्च अदालतले मंसीर १ गतेदेखि जील्ला र उच्च अदालतमा पेशी व्यवस्थानमा गोलाप्रथा प्रणाली लागु गर्ने भनिएपनि सर्वोच्च अदालतको मात्र नियमवाली संशोधन गरेको भन्दै जिल्ला, उच्च र विशेष अदालतको पनि नियमवाली संशोधन गरी तत्काल गोलाप्रथा प्रणाली लागु गर्ने व्यवस्था गर्न सर्वोच्च अदालतको फुलकोर्टसँग बारको माग छ ।

यस्तै बारले नियमावली संशोधन नभएसम्म जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधेर दैनिक १ घण्टा धर्ना दिने निर्णय गरेको छ । बुधबारदेखि सर्वोच्च अदालतमा सुरु हुने गोलाप्रथामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागि भएर ईजलासमा बसे अन्य न्यायाधीशहरुलाई संयुक्त ईजलासमा नबस्न र कानून व्यवसायीलाई बहस नगर्न पनि बारले आग्रह गरेको छ ।

प्रतिक्रिया