अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

“अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ” – प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:१५ मा प्रकाशित

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पार्नु भयो ।

शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो । गठबन्धन दलभित्र कुनै विवाद नरहेको उहाको दावी थियो ।

अध्यक्ष प्रचण्डले ’अर्ली इलेक्सन’ हुने कुनै पनि सम्भावना नरहेको पनि बताउनु भयो । देशको संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि देश ’अर्ली इलेक्सन’मा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमति भइसकेको उहाको भनाई छ । अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू