अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

ब्राजिलयन राष्ट्रपतिलाई मानवता विरोधी काम गरेको आरोप लगाउन मतदान

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:०६ मा प्रकाशित

ब्राजिलका सिनेटरहरुले राष्ट्रपति जैर बोल्सोनारोलाई कोभिड महामारीको व्यवस्थापन गर्न नसकेर मानवताविरोधी काम गरेको आरोप लगाउन मतदान गरेका छन् ।सिनेटको एक प्यानलले राष्ट्रपति बोल्सोनारोमाथि कोभिडको कारण ६० हजार व्यक्तिको मृत्यु भएकोमा जिम्मेदार ठह¥याउँदै मानवताविरुद्धको अपराधमा आरोप लगाउन मतदान गरेको हो ।

आरोपका निष्कर्षहरू राष्ट्रपतिलाई नियुक्त गर्ने मुख्य अभियोजकलाई पठाइने छ । राष्ट्रपतिले भने आफु कुनै पनि कुरामा दोषी नरहेको जिकिर गर्दै आउनु भएको छ । तर मुख्य अभियोजक अगस्टो अरास बोल्सोनारोको पक्षमा रहेकाले यो मतदानले आपराधिक आरोपहरू पुष्टि गर्ने कुनै सुनिश्चितता देखिँदैन ।

किनकि प्रतिवेदनका सिफारिसहरू अब जनरल अरासले मुल्याँकन गर्नु पर्ने छ । उहाँले राष्ट्रपतिको वचाउ गर्ने शंका गरिएको छ । ब्राजिलमा कोरोनाका कारण अमेरिकापछि सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । प्रतिवेदनका प्रमुख लेखक, सिनेटर रेनान काल्हेरोसले आरोप लगाउने प्यानलको सिफारिसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पेश गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू