अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

सूडानमा सेनाद्वारा सत्ता कब्जा, देशभर संकटकाल लगाइयो

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३२ मा प्रकाशित

सूडानमा सेनाले सत्ता कब्जा गरेको छ । सूडानी सेनाले प्रधानमन्त्री र अन्तरिम सरकारका अन्य मन्त्रीलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको बताइएको छ । सेनाले प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको छ । शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्नुभएको हो ।

त्यस्तै उहाँले सरकार तथा सङ्क्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराउनुभयो । साथै सेनाले देशको सरकारी टेलिभिजन र रेडियोलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । सूडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा सेनाले विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई हिरासतमा लिएको जानकारी दिएको बीबीसीले लेखेको छ ।

सूडानको सूचना मन्त्रालयले हिरासतमा लिइएकाहरूलाई रिहा गर्न सेनालाई अपिल गरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सूडानको राजधानी खार्तूममा इन्टरनेट सेवा बन्द गरिएको छ भने मानिसहरू सडकमा उत्रेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू