अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

“ओलीले १० बुँदेको ट्याउँ–ट्याउँ भन्न थाले, साथीहरुको हरिबिजोग भयो” – नेकपा एस अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:०९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको टिप्पणी गर्नुभयो ।

एमालेमा ओलीको आदेशको पालना गर्योे भने मात्रै स्यावासी पाएर पार्टीमा बस्न पाईने उल्ल्ेख गर्दै उहाँले आदेशको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्ने बताउनुभयो । ओलीले पछिल्लो समय १० बुँदेको ट्याउँ–ट्याउँ भन्दै आएको उल्लेख गर्दै अध्यक्ष नेपालले अहिले पाटी एकताका लागि १० बुदेँ भन्ने नेताहरुको हरिबिजोग भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको स्पष्ट पार्नुभएको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू