अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

बाढीपहिरो – मृत्यु हुनेको संख्या ५२ पुग्यो, ३० जना बेपत्ता

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:१७ मा प्रकाशित

गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । बाढी, पहिरो र डुबानमा परेर ३० जना हराइरहेका छन् । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।यस्तै, पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् ।

बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्वार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू