अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

अमेरिका र तालिवानबीच वार्ता हुँदै

बिआरटीनेपाल २०७८ असोज २३ गते ७:५९ मा प्रकाशित

अमेरिकि सेना अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुने भएको छ । कतारको दोहामा हुने वार्ताले तालिबानले अमेरिकासँग गत वर्ष हस्ताक्षर गरेको शान्ति सम्झौतामा पुनर्विचार गर्न सक्ने बताईएको छ । तालिबानका वरिष्ठ अधिकारीहरु र अमेरिकाका प्रतिनिधिहरुबीचमा यसको लागि तयारी भइरहेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ताले तालिबानलाई अफगानिस्तानको नेतृत्वको रुपमा मान्यता दिने वा वैध बनाउने बारेमा नभएको तर अमेरिकाको राष्ट्रिय हितका मुद्दाहरुमा व्यवहारिक वार्ताको निरन्तरता भएको बताएका छन् । वार्तामा अफगानिस्तानलाइ अन्य विदेशी नागरिकहरुको लागि पनि कसरी सुरक्षित स्थान बनाउने तथा सुरक्षित रुपमा यात्रा गर्न सक्ने वातावरण बारेमा छलफल हुने छ ।

यस्तै महिला तथा बालिकाहरुको अधिकार तथा सुरक्षाको प्रत्याभूति गर्ने वातावरण बनाउने बारेमा पनि अमेरिकाले छलफल गर्न चाहेको छ भने समावेशी सरकारको बारेमा पनि छलफल हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर पठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू