अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०४ मा प्रकाशित

नेकपा (एमाले)ले १० बुँदे कार्यान्वयनको क्रमम देखिएका समस्याको समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई दिएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले यसअघि भएको ५ जनाको कार्यदलको संयोजकको जिम्मेवारी भीम रावललाई दिएको हो ।

यसअघि ६ जना रहेको कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि थप गरिएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यदललाई सातै प्रदेशमा देखिएका अप्ठ्यारा, विभागमा देखिएका समस्या र केन्द्रीय सदस्यसम्मको कार्य जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।

सचिव भट्टराईले १० बुँदेको कार्यान्वयनको सन्दर्भमा ब्यापक छलफल भएको जानकारी दिँदै पार्टी अध्यक्ष केपी शमाए ओलीले कार्यान्वयनको प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो । हिजो गुटगट फरक क्रियाकलापमा संलग्न र माओवादीबाट आएकाहरूलाई सम्मानित तरिकाले पार्टीको जिम्मेवारी दिनेमा अध्यक्ष ओलीले जोड दिनुभएको भट्टराईले बताउनुभयो ।

यस्तै बैठकले एमालेले समाजवादको दिशामा अघि बढ्ने निर्णय पनि गरेको छ । जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा आजसम्मका क्रान्ति सफल भएका निष्कर्ष निकाल्दै एमालेले बहुदलीय जनवादको कार्यदिशा अहिले नै पूरा नभएको जनाएको छ ।

यस्तै एमालेले समाजवादको दिशामा अघि बढ्ने निर्णय गरेको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू