अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

अध्यादेशबारे निर्णय लिएर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह

बिआरटीनेपाल २०७८ असोज १० गते ७:५२ मा प्रकाशित

सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकमा नेताहरुले सरकारलाई पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

दल विभाजनका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद हुँदा सरकारले नै पूर्णता पाउन नसकेको हो ।अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान जनता समाजवादी पार्टी (जसपा) को रहेकाले सरकारले पूर्णता पाउन नसकेको हो । उक्त अध्यादेश भने २३ भदौमा प्रतिनिधिसभामा टेबल गरिएको छ ।

अध्यादेशको टुंगो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग माग्नुभएको थियो । हाल सरकारमा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका तर्फबाट चार तथा माओवादीका तर्फबाट दुई जना मात्रै मन्त्री छन्। मन्त्री नहुादा मन्त्रालयको काममा असर परेको कर्मचारीहरुले बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू