अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ असोज ९ गते ७:०७ मा प्रकाशित

सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ । शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।

सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अहिलेसम्म आठ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका प्रहरीले जनाएको छ । रोयटर्सका अनुसार घटनास्थल रगताम्य भएको छ भने सात कार र तीन रिक्सा पनि पूर्णतया ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू