अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

सत्ता गठबन्धनको बैठकः मन्त्रीहरुको टुंगो लाग्दै

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:५० मा प्रकाशित

मन्त्रीहरुको नाम टुंग्याउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित दोस्रो तहका नेताहरु पनि सहभागी रहेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

मंगलबार कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्रीमा नारायण खड्काको सहमति गरेको सत्ता गठबन्धनको बैठक बुधबार मन्त्रिपरिषद्‌का सम्भावित नामहरु टुंग्याउन लागिपरेको हो। २ महिनादेखि मन्त्रिपरिषद् विस्तार नहुँदा देउवा नेतृत्वको सरकार आलोचना भइरहेको छ । माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू