अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

सुडानमा ’सैन्य कू’ गर्ने असफल प्रयास

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:३५ मा प्रकाशित

सुडानमा ’सैन्य कू’ मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ । ‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन ।

राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार सैन्य प्रवक्ता मोहम्मद अल फकी सुलेमानले घटनामा संदिग्धसँग छिट्टै सोधपुछ सुरु हुने बताउनुभएको छ ।

दुई वर्षअघि मात्रै देशका लामो समयदेखिका शासक ओमार अल–बशिरलाई अपदस्थ गरेर सत्ता साझेदारी सम्झौताअन्तर्गत सेना, गैरसैनिक प्रतिनिधि र विरोध प्रदर्शनकारी समूहहरू सम्मिलित अन्तरिम सरकार बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू