अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

पाकिस्तानद्वारा अफगानिस्तानमा सरकार बनाउन वार्ता सुरु

बिआरटीनेपाल २०७८ असोज २ गते ७:५६ मा प्रकाशित

पाकिस्तानले अफगानिस्तानमा समावेशी सरकार बनाउन वार्ता सुरु गरेको जनाएको छ । प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत समावेशी सरकार बनाउन तालिवानसँग वार्ता सुरु गरेको जानकारी दिनुभयो ।

खानले अफगानिस्तानका छिमेकी देशका नेताहरू र विशेष गरेर ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग छलफल गरेको जानकारी दिनुभयो । अफगानिस्तानका जातीय समूह तजिक, हजारा र उज्बेकहरूलाई सहभागी गराएर सरकार गठनको प्रयास भइरहेको प्रधानमन्त्री खानले बताउनुभयो । यो कदमले अफगानिस्तानको ४० वर्षे संघर्षलाई पूर्णविराम दिँदै शान्ति र स्थिरता ल्याउने उहाँको विश्वास छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले शुक्रबार ताजिकिस्तानमा शंघाइ सहयोग संगठनको बैठकमा  अफगानिस्तानको अस्थिरता अन्य देशहरूका लागि हैरानी बन्न सक्ने बताउनुभएको थियो । उहाँले अफगानिस्तानलाई एक्लै छोड्दा गृहयुद्धको स्थिति पैदा हुनसक्ने भन्दै यसले शरणार्थीको संख्या र अन्तराष्ट्रिय संगठित अपराधलाई बढावा दिन सक्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू