अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४६ | Colorodo: 14:01

परिमार्जनबिना एमसीसी सम्झौता पास हुँदैन – प्रचण्ड

बिआरटीनेपाल २०७८ असोज २ गते ७:४५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिना परिमार्जन एमसीसी सम्झौता पास गर्न नमिल्ने बताउनुभएको छ । शनिबार जनकपुरधाममा प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष प्रचण्डले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने प्रष्ट पार्नुभयो ।

शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेला एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ भन्ने कुनै प्रावधान नभएपनि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको प्रचण्डको भनाई छ । उहाँले अमेरिकी संसदमा एमसीसी इण्डो प्यासिफिक रणनितिको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन् चर्किएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले गलत विषयहरुलाई संशोधन र परिमार्जन नगरेसम्म एमसीसी पारित नहुने स्पष्ट पार्नुभयो । पैसा र विकास चाहिएकोले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन तयार रहेको समेत उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दावी समेत गर्नुभयो । प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको स्वीकार गर्दै अब चाँडै नै मन्त्रिमण्डल विस्तार गरेर सरकारलाई पूर्णता दिने उहाको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू