अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र विद्रोहीबीच संघर्ष, २० सर्वसाधारण मारिए

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:३८ मा प्रकाशित

अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र बिपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएको बीसीसीले जनाएको छ । तालिवानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पञ्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन ।

भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको बताइएको छ । दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पञ्जशीर प्रान्तको नेतृत्व बिपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।

जसले पछिल्लो समय रुसी सेना र तालीवान दुबैलाई पराजित गर्न सफल भएको थियो । तालिवानले अफगानिस्तानका कब्जा जमाएपछि पञ्जशीर प्रान्त पनि कब्जामा लिन संघर्ष जारी राखेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू