अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपालमा थप २ हजार ७५ जनामा कोरोना पुष्टि, झण्डै २ हजार ४ सय जना सङ्क्रमणमुक्त

बिआरटीनेपाल २०७८ भदौ ५ गते ६:०२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ३ जनाको पीसीआर र ५ हजार ३ सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्क्रमण कुल परीक्षणमा १५ दशमलव ८६ प्रतिशतमा हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २५ हजार ७ सय २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार ९सय २५ जना पुगेको छ ।

थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४ सय ८५ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार ३ सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७ सय १८ जनाको आईसीयू र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू