अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

नेपालमा थप ३ हजार ४२ जनामा कोरोना पुष्टि, २ हजार २ सय ४४ जना निको, २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ भदौ ४ गते ५:१३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ३० जनाको पीसीआर र ७ हजार १ सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार दुई सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । यही अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार ३ सय ९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू