अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

महन्थ ठाकुर समूहको नाम लोसपा नेपाल प्रस्ताव

बिआरटीनेपाल २०७८ भदौ ४ गते ३:४३ मा प्रकाशित

महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक) पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो ।

यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू