अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

माधव नेपाल समूहको पार्टीको नाम फेरिने, नेकपा (एकीकृत समाजवादी) राख्न आयोगमा निवेदन

बिआरटीनेपाल २०७८ भदौ ४ गते ३:४३ मा प्रकाशित

माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ । आज नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।

एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । नेता नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरू आयोग पुगेका थिए । नियमावली र ऐनअनुसार पार्टीकाे नाम, झण्डा र चुनाव चिह्न दोहोरिएर राख्न नमिल्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू