अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपालमा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ हजार १ सय २६ जना सङ्क्रमणमुक्त

बिआरटीनेपाल २०७८ भदौ ३ गते ५:३६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार ४ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २० हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप २ हजार १ सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।यही अवधिमा थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४ सय २९ पुगेको छ ।

अहिले ४० हजार ५ सय जना सक्रिय सङ्क्रमित रहेकामा ७ सय ३९ जनाको आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू