अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

”लोकतन्त्र बचाउनका लागि अध्यादेश”- प्रचण्ड

बिआरटीनेपाल २०७८ भदौ ३ गते ५:३२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्नुभएको छ । समाजवादी केन्द्रले आज बिहीवार काठमाण्डौमा गरेको कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको जिकिर गर्नुभएको छ ।

ओली सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशलाई एउटै हिसाबले बुझ्न नहुने प्रचण्डको भनाइ छ । पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको प्रचण्डको जिकिर छ ।

कार्यक्रममा उहाँले माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दर्ता भएर कानुनी मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । आज बिहान माधव नेपालसँग भएको छलफलमा पनि दलको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू