अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

नेकपा एमाले आधिकारिकरुपमा फुट्यो, माधव नेपालद्धारा निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता

बिआरटीनेपाल २०७८ भदौ २ गते ५:५४ मा प्रकाशित

नेकपा एमाले आधिकारिकरुपमै रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर दल दर्ता गरेसंगै एमाले विभाजित बनेको हो । पार्टी अध्यक्ष केपी ओलीसँग राजनीतिक मनमुटाव भएपछि नेपालसहितका नेताहरुले अलग्गै दल बनाउने निर्णय गर्नुभएको हो ।

नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ता गराउन सरकारले दल विभाजनसम्बन्धि अध्यादेश नै ल्याएको थियो । नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्दै चुनाव चिह्न भने खुला किताब राख्ने निर्णय गरेको छ ।एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार नेपालसहितका नेता आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशमा नयाँ पार्टी निर्माणका लागि केन्द्रीय समिति वा संसदीय दलमा न्यूनतम २० प्रतिशत हुनुपर्ने छ । तर नेता नेपाललाई उहाँ पक्षका दोस्रो तहका केही नेताहरुले भने साथ दिएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू