अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, सङ्क्रमणबाट एकै दिन ४२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ भदौ २ गते ५:३३ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी १६ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिनुभयो । आज परीक्षणको २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १ सय ७३ जना पुगेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३ सय ९६ पुगेको छ । कोरोनाका सङ्क्रमितमध्ये सात सय ७० जनाको आईसीयू र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू