अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

नेपालमा परिक्षणको १८ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि, २७ सङ्क्रमितको ज्यान गयो

बिआरटीनेपाल २०७८ भदौ १ गते ९:२१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।११ हजार पाँच सय ६५ जनाको पीसीआर र ६ हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षणको १८ दशमलव पाँच प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १४ हजार एक सय २७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।

यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ५४ पुगेको छ । अहिले नेपालमा ३९ हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमति छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९० जनाको आईसीयू र एक सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू