अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा खटिएका नेपालीको उद्दार गरेर दोहा पुर्याइयो

बिआरटीनेपाल २०७८ साउन ३२ गते ७:०९ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्दार गरिएको छ । उनीहरुलाई आज बिहान उद्दार गरेर कतारको राजधानी दोहा पु¥याइएको छ । दूतावासमा कार्यरत ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको बताइएको छ । यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्दार गरेर दोहा लगेको छ ।

उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । कार्यरत ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्याइएको भन्नेबारे खुलेको छैन । यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्दार गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । अफगानस्तानमा साउनस २८ सम्म १४ हजार ८ सय ९२ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये ८ हजार जनाले पुनःश्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी गएकामध्ये हाल कति जना कार्यरत छन् भन्ने यकिन विवरण सरकारसँग छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू