अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ साउन ३२ गते ७:०० मा प्रकाशित

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्दारका लागि काम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्दार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्दारका लागि सरकारका सम्बन्धीत निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको बताउनुभयो ।

त्यस्तै, बेलायतको राजधानी लन्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको र उनीहरुलाई अनसन स्थगित गर्न पनि भनिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू