अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

बिआरटीनेपाल २०७८ साउन ३१ गते ७:४३ मा प्रकाशित

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।काठमाण्डौको एक पार्टी प्यालेसमा आज आइतवार बसेको बैठकले प्रचण्डका दुवै प्रतिवेदन पारित गर्दै पार्टीलाई गाउँ–गाउँसम्म जुमुर्राउने निर्णय गरेको छ । राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय भएको छ ।  यस्तै पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू