अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

नेपालमा परिक्षणको १८ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, थप ३३ सङ्क्रमितको ज्यान गयो

बिआरटीनेपाल २०७८ साउन ३१ गते ७:३८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन गरी १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको १८ दशमलव २७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७ हजार ४ सय २ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ ।

यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार २ सय ९२ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार २ सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७ सय ५८ जनाको आईसीयू र १ सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू