अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन ३० गते ६:५७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जस मध्ये ६ लाख ८० हजार ८१५ जना सङ्क्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू