अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

नेकपा एमालेको बिधान संसोधन, केन्द्रीय समिति २ सय २५ सदस्यीय

बिआरटीनेपाल २०७८ साउन २५ गते ७:१७ मा प्रकाशित

नेकपा एमालेको स्थायी कमिटी बैठकले बिधान संसोधन प्रस्ताव पारित गरेको छ । आजको बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २ सय २५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ ।

यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ । पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुने छ । आज ललितपुरमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू