अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

नेपालमा थप ३ हजार ६ सय ५१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन २५ गते ७:१४ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार एक सय ४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार सात सय ८४ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू