अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन २३ गते ६:१८ मा प्रकाशित

नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८ सय ६६ जनाको पीसीआर र ४ हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार ५ सय ७३ नमूनाको परिक्षण गर्दा ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म ७ लाख ८० हजार ८ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै थप १ हजार ७ सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

यस्तै थप १९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । अहिले नेपालमा ३५ हजार ४ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ७ सय ४६ जनाको आईसीयू र १ सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू