अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या १० हजार नाघ्याे

बिआरटीनेपाल २०७८ साउन २२ गते ७:४९ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ९३ जनाको पीसीआर र ६ हजार एक सय ८२ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको झन्डै २४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ७७ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै थप १ हजार ८ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार ५ सय ४८ जना पुगेको छ । अहिले नेपालमा ३४ हजार ९ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू