अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

बिआरटीनेपाल २०७८ साउन २२ गते ७:४७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । कोभिड–१९ संक्रमण फैलदैं गएको भन्दै विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखि परीक्षा स्थगित गर्न सिफारिस गरिएको बताइएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत यसबारे जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू