अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने

बिआरटीनेपाल २०७८ साउन २२ गते ७:१० मा प्रकाशित

दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले आज बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप भोली र पर्सि दुई पटक गरेर आउँदै छ । साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने उहाँले बताउनुभयो ।

फागुन तेस्रो साता ६५ वर्ष माथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू