अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नजिक, थप ४१ सय ७ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ साउन २० गते ७:५४ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्ख्या १० हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले गत २४ घन्टामा देशभर १६ हजार २ सय ९८ कोरोना परीक्षण गर्दा ४१ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

यसैगरी, गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ५ सय ३५ जना स्वस्थ भएको पनि उहाँले जानकारी दिनुभयो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ४ सय ६४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू