अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

बिआरटीनेपाल २०७८ साउन २० गते ७:५० मा प्रकाशित

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश जारी गरेको हो ।

सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ । दुवै पक्ष उपस्थित भएपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने सर्वोच्चले जनाएको छ ।सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी नगरेपछि ठाकुर पक्षको जसपा मोहमा पनि धक्का लागेको छ ।

आधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टीको विधान विपरीत भएको दाबी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू