अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

तीन हप्तामा ३९ जना नेपालीले विदेशमा कोरोनाका कारण ज्यान गुमाए

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:४१ मा प्रकाशित

विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लो तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतसहित विश्वभर २९ देशमा रहेका ४ सय ८६ जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् । समितिका संयोजक डा संजिव सापकोटाका अनुसार अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई हप्तामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू